नियम १०६
निवेदनपत्रमा खुलाउनु पर्नेकुराहरू
(१) अदालतमा निवेदन पेश गर्दा प्रचलित कानूनमा व्यवस्था भएकोमा सोही बमोजिम र त्यस्तो व्यवस्था नभएको अवस्थामा देहायका कुराहरू उल्लेख गरी अनुसूची-९ बमोजिमको ढाँचामा दिनु पर्नेछ:-

(क) निवेदकको पूरा नाम, थर र ठेगाना,

(ख) निवेदनमा माग गरेको बिषय,

(ग) सम्बद्ध कानूनको नाम र दफा,

(घ) मुद्दासँग सम्बन्धित निवेदन भए मुद्वा परेको साल, मुद्दाको नम्बर र मुद्दा रहेको अदालत ।

(२) कुनै अड्डा अदालतमा रहेको मिसिल वा लिखत झिकाई पाउँ भन्ने निवेदनमा यथासम्भव देहायका कुराहरू खुलाउनु पर्नेछ:-

(क) मिसिल वा लिखत भएको अड्डाको नाम,

(ख) मिसिलवा फाइलको नम्बर, नाम,

(ग) मिसिलवा लिखत कागजको मिति,

(घ) मिसिलवा लिखत कागजपत्रको अन्य परिचयात्मक विवरण (ङ) अन्य आवश्यक विवरण ।

(३) पहिले कुनै बिषयमा निवेदन दिएको रहेछ र पछि फेरि सोही व्यहोराको वा समान उद्देश्यलाई लिएर निवेदन दिनु परेमा पहिले निवेदनपत्र दिएको कुरा र त्यसमा कुनै आदेश भएकोमा सोसमेत पछिल्लो निवेदनमा स्पष्टरूपले उल्लेख गर्नु पर्नेछ ।